प्रचण्डले भने– स्थानीय तहको नतिजाले गोरखामा लोभ्यायो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनको मत परिणामले गोरखामा उम्मेदवारी दिन हौस्याएको बताएका छन् । 

पाटेचौरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रचण्डले गोरखाका अधिकांश पालिका माओवादीले जितेका कारण आफू गोरखा आएको बताएका हुन् ।

उनले गोरखामा पार्टीले निकालेको परिणामका कारण आफू गोरखा आएको र त्यहाँ पार्टीले चुनाव हारेको भए आफू नआउन सक्ने पनि बताएका छन् ।

पहिले चितवन ३ बाट उम्मेदवारी दिने तयारीमा रहेका प्रचण्डले ४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि गोरखा २ बाट उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा यसअघि नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चुनाव जितेका थिए । तर, उनी यसपटक चुनावी दौडमा छैनन् ।



आफूले पार्टीका नेता नारायणकाजी श्रेष्ठसँग सल्लाह गरेर यो फैसला लिएको पनि प्रचण्डले कार्यक्रममा बताए ।



  • प्रकाशित मिति : असोज २८, २०७९ शुक्रबार १८:५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया