नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सकाे पुरूष ५ हजार मिटर दाैडमा विभागीय टाेली नेपाल एपिएफ क्लबका गाेपीचन्द्र पार्कीले स्वर्ण जितेका छन् ।
पोखरा रंगशालाको ट्रयाकमा भएको प्रतियनेगिताकाे सातौं तथा अन्तिम दिन बिहीबार १४ मिनेट २९.६७ सेकेन्डमा दौड पूरा गर्दै गोपीले स्वर्ण पदक जितेका हुन् ।
जारी प्रतियाेगितामा याे उनकाे पहिलाे स्वर्ण हाे । यसअघि गाेपीले १० हजार मिटर दौडमा रजत पदक जितेका थिए ।
याे स्पर्धामा भारतीय सेनामा कार्यरत कर्णालीका दुर्गाबहादुर बुढाले १४ मिनेट २९.९३ सेकेन्डकाे समय निकाल्दै रजत तथा त्रिभुवन आर्मी क्लबका मुकेश पालले निर्धारित दुरी १४ मिनेट ३६.६० सेकेन्डमा पूरा गर्दै कास्य पदक हात पारे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0