नवौं राष्ट्रिय खेलकुदअन्तर्गत डुआथलन प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस तथा महिलातर्फ त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेका छन् । ५ किमी दौड,२० किमी साइक्लिङ र २.५ किमी दौड प्रहरीका किरण लिम्बुले १ घण्टा २२ सेकेन्डमा पार गर्दै स्वर्ण पदक जितेका हुन् ।
आर्मीका मनबहादुर थापा मगरले निर्धारित दुरी १ घण्टा १ मिनेट ४१ सेकेन्डमा पार गर्दै रजत र आर्मीकै प्रेमसिंह मन्यालले निर्धारित दुरी १ घण्टा ७ मिनेट ३४ सेकेन्डमा पार गर्दै कास्य पदक जिते ।
त्यसैगरी निर्धारित दुरी १ घण्टा ११ मिनेट ४४ सेकेन्डमा पार गर्दै आर्मीकी इन्द्रकला नेम्वाङले स्वर्ण पदक हात पारिन् ।
एपिएफी अनिता राइले निर्धारित दुरी १ घण्टा १३ मिनेट ३९ सेकेन्डमा पार गर्दै रजत तथा आर्मीकी हेमा चौधरीले निर्धारित दुरी १ घण्टा २८ मिनेट ४३ सेकेन्डको समय निकाल्दै कास्य पदक जित्न सफल भए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0