नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कबड्डीमा विभागीय टोली त्रिभूवन आर्मी क्लबले दोहोरो स्वर्ण जितेको छ ।
बिहीबार पोखरामा सम्पन्न पुरूषतर्फकाे फाइनलमा लुम्बिनी प्रदेशलाई ४१-२० अंक र महिलातर्फ नेपाल पुलिस क्लवलाई ३०-२३ अंकले पराजित गर्दै आर्मीले दोहोरो स्वर्ण जितेको हो ।
प्रतियोगितामा पुरुषतर्फ सुदुरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब तथा महिलातर्फ लुम्बिनी प्रदेश र नेपाल एपिएफ क्लबले कास्य पदक जितेका छन् ।
३० असोजदेखि शुरु भएको प्रतियोगितामा दुवैतर्फ ७ प्रदेश र ३ विभागीय गरि समान १० टाेलीको सहभागिता थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0