मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । सोमबार २१.२९ अंक बढेको नेप्से परिसूचक मंगलबार ६.५९ अंकले घटेर १८९७.८६ बिन्दुमा झरेको हो ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.३३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.३१ अंक र सेन्सेटिभ इण्डेक्स ०.४० अंकले घटेको छ ।
मंगलबार कारोबारमा आएका २२९ कम्पनीको २७ लाख ४५ हजार कित्ता सेयर १ अर्ब २ करोड ३६ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से परिसूचक घटे पनि कारोबार भने बढेको छ । सोमबार ९४ करोडबराबरको सेयर कारोबार भएको थियो ।
नेप्सेका १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ । जसमा व्यापार, निर्जीवन बिमा र बैंकिङ उपसमूहको परिसूचक बढेको छ भने यता उत्पादन तथा प्रशोधन, वित्त उपसमूहको परिसूचक घटेको छ ।
मंगलबार सिटिजन्स म्युचुअल फण्ड १ को एकाइ मूल्य ४.५८ प्रतिशत बढेको छ । अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ३ प्रतिशतभन्दा कम रहेको छ । तारागाउँ रिजेन्सी होटलको सेयरमूल्य ८.५६ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा मंगलबार हिमालयन डिष्टिलरीको ८ करोड २२ लाख रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0