अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आगामी निर्वाचनमा उम्मेदवार बन्ने मौकाबाट पछि नहट्ने बताएका छन् ।
काठमाडौं क्षेत्र नम्बर २ स्थित गुह्येश्वरी मावि केन्द्रमा मतदान गरेपछि उनले आफ्नो रुचि राजनीतिमै भएकाले अर्को चुनावमा मौका पाए उम्मेदवार बन्ने बताएका हुन् ।
अहिलेको चुनावले परिवर्तनको संकेत गरेको भन्दै केसीले नेपाली कला, संस्कृति र फिल्मको प्रबर्द्धनका लागि कलाकार उम्मेदवार विजयी हुनुपर्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0