बांग्ला टिभीका कार्यक्रमहरु तथा धारवाहिकहरुमा काम गरेर चर्चा कमाएकी अभिनेत्री एन्ड्रिला शर्माको आइतबार निधन भएको छ ।
२४ वर्षकी उनको शनिबार राति हृदयघात भएको थियो । त्यसपछि उनलाई अस्पताल पुर्याइएको थियो । त्यहाँ उनलाई सिपिआर दिइएको थियो ।
केही समयका लागि उनको अवस्था सुधार आएको थियो । तर, उनले आइतबार राति १ बजे अन्तिम सास लिइन् ।
उनलाई यसअघि क्यान्सर भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0